About Us
सूचना विभाग सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका विभिन्न विभागहरू मध्येको एउटा विभाग हो।यस विभागको स्थापना वि.सं. २००५ सालमा राणा प्रधानमन्त्री मोहनशमशेरका पालामा ‘प्रचारविभाग’ का नाम बाट भएको थियो। पछि प्रचार तथा प्रसार विभाग, प्रेस सूचना विभाग हुदैं हाल यस विभागको नाम सूचना विभाग रहन गएको छ। यस विभाग काठमाण्डौंको सिनामंगल,तिलगंगास्थित संचारग्राम परिसरमा अवस्थितछ।यस विभागको आफ्नै ४ तलाको भवन छ।यस विभागमा नेपाल सरकारको राजपत्राकिंत प्रथम श्रेणी सरहको महानिर्देशकको नेतृत्वमा ४२ कर्मचारीहरु कार्यरत रहेकाछन्।
सूचना विभागको निम्नानुसारका कार्यहरुमा आफनो क्षेत्राधिकार रहनेछः–
१. प्रेस रजिष्टारको कार्य,
२. सरकारी कार्यक्रमहरुको औपचारिक फोटोग्राफी गर्ने,
३. सूचनामूलक तथा ज्ञानवद्र्धक सामग्रीहरु प्रकाशन तथा वितरण गर्ने,
४. लोकल्याणकारी विज्ञापनको रकम उपलव्ध गराउने ।



