Function of Press Section / प्रेस शाखाको कार्यहरू
  •   नेपाली नागरिकले कुनै पनि भाषामा पत्रपत्रिका प्रकाशन गर्न माग गरेमा स्वीकृति प्रदान गर्न सिफारिश गर्ने ।
  •   पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, मर्यादित र उत्तरदायी हुन उत्प्रेरित गर्ने ।
  •   निजीक्षेत्रको पत्रकारिताको प्रतिस्पर्धात्मक विकासमा टेवा पुर्‍याउने ।
  •   विज्ञापन नीतिको तर्जुमा, ऐन कानूनको निर्माण, संशोधनको कार्यमा पहल गरी पत्रकारिता क्षेत्र आर्थिक एवं भौतिक रूपले आत्मनिर्भर हुने वातावरण श्रृजना गर्ने ।
  • नेपाल सरकारबाट भएको वर्गीकरणको आधारमा पत्रपत्रिकालाई  लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने ।
  • पत्रपत्रिकालाई उपलब्ध गराइने टेलिफोन, फ्याक्स तथा कम्प्यूटर सहुलियतका लागि सिफारिश गर्ने । 
  • सञ्चारकर्मीलाई सम्बन्धित संस्थाको सिफारिशको आधारमा प्रेस प्रतिनिधि प्रमाणपत्र र पत्रकार परिचयपत्र वितरण गर्ने । 
  • प्रेस सम्मेलन आयोजना गर्ने । 
  • प्रेस सर्म्पर्क अधिकृतको काम गर्ने ।

 

प्रेस शाखाले उपलव्ध गराउने सेवाहरू
-क)     पत्रपत्रिका अस्थायी दर्ताको लागि सिफारिश

    -१)    सर्म्पर्क गर्नुपर्ने शाखा- प्रेस शाखा
    -२)    सर्म्पर्क गर्नुपर्ने व्यक्ति - शाखा अधिकृत   
    -३)    पेश गर्नुपर्ने आवश्यक कागजात र प्रक्रिया- सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पत्र वा व्यक्तिरसंस्थाको निवेदन
    -४)    लाग्ने दस्तूर-व्यक्तिगत निवेदनमा रु. ५।- को टिकट
    -५)    लाग्ने समय- सोही दिन
    -६)    जिम्मेवार व्यक्ति - शाखा अधिकृत ।
    -७)    गुनासो सुन्ने अधिकारी- निर्देशक ।
    -८)    गुनासो छानविन गर्ने अधिकारी - महानिर्देशक
        -प्रस्तावित पत्रिकाको नाम यस अघि दर्ता भैसकेको पत्रिकाको नामसँग मिल्ने भएमा वा नाम बारे भ्रम सिर्जना हुन सक्ने भएमा वा प्रचलित कानून विपरित भएमा वा र्सार्वजनिक हित, नैतिकता, सदाचार, शिष्टाचार आदि कुनै दृष्टिकोणले अनुपयुक्त वा अवाञ्छनीय देखिएमा दर्ता सिफारिश गरिने छैन) ।


-ख)     पत्रपत्रिका स्थायी दर्ताको लागि सिफारिश

    -१)    सर्म्पर्क गर्नुपर्ने शाखा- प्रेस शाखा
    -२)    सर्म्पर्क गर्नु पर्ने व्यक्ति - शाखा अधिकृत
    -३)    पेश गर्नु पर्ने आवश्यक कागजात र प्रक्रियाः- निवेदन सहित प्रकाशित पत्रिकाको निम्न बमोजिम अङ्क बुझाउनुपर्ने छ-
·    दैनिक- ४५ अंक  ·र्    अर्ध-साप्ताहिक-११ अंक
·    साप्ताहिक- ६ अंक
·    पाक्षिक- ४ अंक
·    मासिक- ४ अंक
·    द्वैमासिक- ३ अंक
·    त्रैमासिक- ३ अंक
·    चौमासिक- ३ अंक
·    अर्ध-वाषिर्क- २ अंक
·    वाषिर्क -  २ अंक
    -४)    लाग्ने दस्तूर- निःशुल्क
    -५)    लाग्ने समय - सोही दिन
    -६)    जिम्मेवार व्यक्ति - शाखा अधिकृत
    -७)    गुनासो सुन्ने अधिकारी - निर्देशक
    -८)    गुनासो छानविन गर्ने अधिकारी - महानिर्देशक ।

    (पत्रपत्रिका दर्ता गर्ने इजाजत पत्रमा उल्लेख भए अनुसार पत्रिकाको नाम
(एउटै फन्टमा),आकार र पृष्ठसंख्या हुनुपर्ने ) ।


-ग)     लोककल्याणकारी विज्ञापन वितरण तथा भुक्तानीको सिफारिश

    -१)    सर्म्पर्क गर्नुपर्ने शाखा - प्रेस शाखा
    -२)    सर्म्पर्क गर्नुपर्ने व्यक्ति - शाखा अधिकृत
    -३)    पेश गर्नुपर्ने आवश्यक कागजात र प्रक्रिया ( विज्ञापन प्रकाशित     भएको पत्रिका २ प्रति -लोककल्याणकारी विज्ञापन छापे वापतको व्यहोरा प्रमाणित गरी आर्थिक प्रशासन शाखामा पठाउने ) 
    -४)    लाग्ने दस्तूर - निःशुल्क
    -५)    लाग्ने समय - सोही दिन
    -६)    जिम्मेवार व्यक्ति - शाखा अधिकृत  ।
    -७)    गुनासो सुन्ने अधिकारी- निर्देशक
    -८)    गुनासो छानविन गर्ने अधिकारी - महानिर्देशक


-घ)     पत्रपत्रिका, पत्रकारलाई टेलिफोन,  फ्याक्स सुविधा सिफारिश

    -१)    सर्म्पर्क गर्नुपर्ने शाखा- प्रेस  शाखा
    -२)    सर्म्पर्क गर्नुपर्ने व्यक्ति -- शाखा अधिकृत  ।
    -३)    पेश गर्नुपर्ने आवश्यक कागजात र प्रक्रिया- निवेदन र स्थायी प्रमाणपत्रको फोटोकपी, पत्रकारका लागि पत्रकार महासंघको सिफारिश ।
    -४)    लाग्ने दस्तूर - निःशुल्क
    -५)    लाग्ने समय - सोही दिन
    -६)    जिम्मेवार व्यक्ति -
    -७)    गुनासो सुन्ने अधिकारी - निर्देशक
    -८)    फ्याक्सको सुविधा प्रेस काउन्सिलको वर्गीकरणमा (क) र (ख) वर्गमा पर्ने पत्रिकाले मात्र पाउने ।

-ङ)     प्रेस प्रतिनिधि प्रमाणपत्र

    -१)    सर्म्पर्क गर्नु पर्ने शाखा- प्रेस शाखा
    -२)    सर्म्पर्क गर्नुपर्ने व्यक्ति- शाखा अधिकृत  ।
    -३)    पेश गर्नुपर्ने आवश्यक कागजागत र प्रक्रिया- छापाखाना र प्रकाशन सम्बन्धी ऐन र नियमावलीमा उल्लेखित कागजातहरू 

 -अ)    प्रेस प्रतिनिधि (स्वदेशी) का लागि

·    निवेदन
·    न्यूनतम एस.एल.सी. वा सो सरह उत्तिर्ण वा पाँच वर्षो अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि,
·    नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
·    सम्बन्धित संस्थाको सिफारिस र नियुक्तिपत्र,
·    व्यक्तिगत विवरण,
·    लाग्ने दस्तुर- रू. ३००।- -तीन सय),
·    चार प्रति तस्वीर ।

 -आ)    प्रेस प्रतिनिधि (विदेशी) को लागि

·    निवेदन,
·    सम्बन्धित संस्थाको सिफारिस,
·    पासपोर्ट र भिसा तथा प्रेस परिचयपत्र (क्ष्म् ऋबचम) को प्रतिलिपि,
·    लेख, रचना, समाचार प्रकाशित गरेको प्रमाण,
·    लाग्ने दस्तुर-  अस्थायीका लागि रू. ९००।- र स्थायीका लागि रू. १५००।-
    -विदेशीको लागि कार्यक्षेत्र सामान्यतया काठमाडौं उपत्यका भित्र मात्र हुनेछ ) ।
·    चार प्रति तस्वीर ।

 -इ)    स्वतन्त्र पत्रकारका लागि

·    निवेदन,
·    पत्रकारितामा स्नातक भए दश वर्षो अनुभव, अन्य विषयमा स्नातक भए पन्ध्र वर्षो अनुभव सहित शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि ।
·    अनुभव खुल्ने प्रमाण -सक्रिय पत्रकार रहेको प्रमाणस्वरूप सम्पादन वा लेखरचनाको प्रतिलिपि) ।
·    स्वतन्त्र फोटो पत्रकारका लागि फोटो प्रकाशनको प्रमाण ।
·    लाग्ने दस्तुर - रु. ६००।- (छ सय) ।   

 -ई)    सम्पादकका लागि

·    निवेदन ।
·    एस.एल.सी. वा सोसरह उत्तिर्ण र दश वर्षो अनुभव वा स्नातक उत्तिर्ण,
·    प्रेस प्रतिनिधिका लागि चाहिने आवश्यक अन्य कागजात समेत पेश गर्नुपर्ने ।
·    लाग्ने दस्तुर - रु. ३००।- -तीन सय) ।
    -४)    लाग्ने समय- स्वदेशीका लागि सोही दिन, विदेशीका लागि दुई दिन (थप बुझनुपर्ने भएमा बढी समय लाग्न सक्नेछ) ।
    -५)    जिम्मेवार व्यक्ति - शाखा अधिकृत ।
    -६)    गुनासो सुन्ने अधिकारी- निर्देशक  ।
    -७)    गुनासो छानविन गर्ने अधिकारी - महानिर्देशक

-च)     अनुभव प्रमाणित गर्ने

    -१)    सर्म्पर्क गर्नुपर्ने शाखा - प्रेस शाखा ।
    -२)    सर्म्पर्क गर्नुपर्ने व्यक्ति - शाखा अधिकृत ।
    -३)    पेश गर्नुपर्ने कागजात - निवेदन र प्रेस प्रतिनिधि प्रमाणपत्रको प्रतिलिपि ।
    -४)    लाग्ने दस्तुर - निःशुल्क
    -५)    लाग्ने समय - सोही दिन
    -६)    जिम्मेवार व्यक्ति - शाखा अधिकृत ।
    -७)    गुनासो सुन्ने अधिकारी - निर्देशक
    -८)    गुनासो छानविन गर्ने अधिकारी - महानिर्देशक

-छ)    प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण

    -१)    सर्म्पर्क गर्नुपर्ने शाखा - प्रेस शाखा
    -२)    सर्म्पर्क गर्नुपर्ने व्यक्ति - शाखा अधिकृत  ।
    -२)    पेश गर्नुपर्ने कागजात र प्रक्रिया - निवेदन र संस्थाको सिफारिश
    -३)    लाग्ने दस्तूर - तोकिएको म्यादभित्र स्वदेशीका लागि रू. ५०।-,   विदेशीका लागि रू. १५००।-
    -४)    लाग्ने समय - सोही दिन
    -५)    जिम्मेवार व्यक्ति - शाखा अधिकृत ।
    -६)    गुनासो सुन्ने अधिकारी - निर्देशक
    -७)    गुनासो छानविन गर्ने अधिकारी - महानिर्देशक
    -८)    म्याद नाघेमा लाग्ने जरिवाना-
·    ३५ दिनपछि तीन महिनासम्म थप दस्तुर रू. ५०।-
·    त्यसपछि असार मसान्तसम्म थप दस्तुर रू. १५०।-
·    एक वर्षनाघेमा नयाँ प्रक्रियाअनुसार नयाँ प्रमाणपत्र लिनुपर्नेछ ।

-ज)     प्रेस पास वितरण

    -१)    सर्म्पर्क गर्नुपर्ने शाखा - प्रेस शाखा
    -२)    सर्म्पर्क गर्नुपर्ने व्यक्ति - शाखा अधिकृत ।
    -३)    पेश गर्नुपर्ने आवश्यक कागजात र प्रक्रिया -प्रेस प्रतिनिधि प्रमाणपत्रको प्रतिलिपि ।
    -४)    लाग्ने दस्तूर - निःशुल्क
    -५)    लाग्ने समय - सोही दिन
    -६)    जिम्मेवार व्यक्ति - शाखा अधिकृत ।
    -७)    गुनासो सुन्ने अधिकारी - निर्देशक ।
    -८)    गुनासो छानविन गर्ने अधिकारी - महानिर्देशक

-झ)    संस्था परिवर्तन

    -१)    सर्म्पर्क गर्नुपर्ने शाखा - प्रेस शाखा
    -२)    सर्म्पर्क गर्नुपर्ने व्यक्ति - शाखा अधिकृत ।
    -३)    पेश गर्नुपर्ने आवश्यक कागजात र प्रक्रिया -निवेदन, सम्बन्धित संस्थाको नियुक्तिपत्र र प्रेस प्रतिनिधि प्रमाणपत्र  ।
    -४)    लाग्ने दस्तूर - निवेदन दस्तूर ।
    -५)    लाग्ने समय - सोही दिन ।
    -६)    जिम्मेवार व्यक्ति - शाखा अधिकृत ।
    -७)    गुनासो सुन्ने अधिकारी - निर्देशक ।
    -८)    गुनासो छानविन गर्ने अधिकारी - महानिर्देशक

-ञ)      प्रेस प्रतिनिधि प्रमाणपत्रको प्रतिलिपि

    -१)    सर्म्पर्क गर्नुपर्ने शाखा - प्रेस शाखा
    -२)    सर्म्पर्क गर्नुपर्ने व्यक्ति - शाखा अधिकृत ।
    -३)    पेश गर्नुपर्ने आवश्यक कागजात र प्रक्रिया -निवेदन  ।
    -४)    लाग्ने दस्तूर - निवेदन दस्तूर र रू. ३।- को टिकट ।
    -५)    लाग्ने समय - सोही दिन ।
    -६)    जिम्मेवार व्यक्ति - शाखा अधिकृत ।
    -७)    गुनासो सुन्ने अधिकारी - निर्देशक ।
    -८)    गुनासो छानविन गर्ने अधिकारी - महानिर्देशक