Sanchar Kendra Nepalgung
सूचना विभाग अन्तर्गत रहेका ५ वटा संचार केन्द्रहरु मध्ये संचार केन्द्र नेपालगंज एक हो । यो कार्यालयले सम्बन्धित क्षेत्रबाट प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गर्न र पत्रकार एवं पत्रपत्रिकाको तर्पmबाट टेलिफोन, फ्याक्स आदि जडान गर्नका लागि प्राप्त भएका निवेदनहरू सूचना विभागमा पठाउने र प्रेस प्रतिनिधि प्रमाण पत्र नवीकरण गर्ने, पत्रकार परिचयपत्र वितरण गर्ने, लोककल्याणकारी विज्ञापन बापतको रकम पत्रपत्रिकालाई उपलब्ध गराउने कार्य गर्दछ । साथै आफ्नो क्षेत्रमा प्रकाशित पत्रपत्रिका र पत्रकारका विवरणहरू अध्यावधिक गर्नका लागि सूचना विभागमा पठाउने काम गर्दछ । यसका साथै कार्यालयमा वाचनालय स्थापना गरी सर्वसाधारणलाई पत्रपत्रिका एवं पुस्तकहरू अध्ययन गर्ने अवसर जुटाउने काम गर्दछ ।
दरबन्दी तेरिज
१ केन्द्र प्रमुख (रा.प.तृ) प्र. १
२ नायब सुब्बा (रा.प.अ.प्र.)प्र. १
३ सहलेखापाल (रा.प.अ.द्वि.) प्र. १
४ कार्यालय सहयोगि श्रेणीविहीन २
जम्मा ५
सञ्चारकेन्द्रबाट उपलब्ध गराइने सेवाहरू
(१) लोककल्याणकारी विज्ञापनको भुक्तानी ।
(२) प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण ।
(३) पत्रकार परिचयपत्र वितरण
(४) प्रकाशित सामग्री वितरण
(५) सम्पर्क गर्नुपर्ने व्यक्ति – केन्द्र प्रमुख ।
(६) जिम्मेवार व्यक्ति – केन्द्रप्रमुख
(७) गुनासो सुन्ने अधिकारी – महानिर्देशक, सूचना विभाग ।
सञ्चार केन्द्रवाट उपलब्ध गराईने सेवाको लागि कार्यविधि र कार्यप्रक्रिया विभागवाट उपलब्ध गराउने सेवाको लागि तोकिएको कार्यविधि र कार्यप्रक्रिया नै अपनाउनु पर्नेछ ।



