Function of Press Section / प्रेस शाखाको कार्यहरू
नेपाली नागरिकले कुनै पनि भाषामा पत्रपत्रिका प्रकाशन गर्न माग गरेमा स्वीकृति प्रदान गर्न सिफारिश गर्ने । पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, मर्यादित र उत्तरदायी हुन उत्प्रेरित गर्ने । निजीक्षेत्रको पत्रकारिताको प्रतिस्पर्धात्मक विकासमा टेवा पुर्याउने । विज्ञापन नीतिको तर्जुमा, ऐन कानूनको निर्माण, संशोधनको कार्यमा पहल गरी पत्रकारिता क्षेत्र आर्थिक एवं भौतिक रूपले आत्मनिर्भर हुने वातावरण श्रृजना गर्ने । नेपाल सरकारबाट भएको वर्गीकरणको आधारमा पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने । पत्रपत्रिकालाई उपलब्ध गराइने टेलिफोन, फ्याक्स तथा कम्प्यूटर सहुलियतका लागि सिफारिश गर्ने । सञ्चारकर्मीलाई सम्बन्धित संस्थाको सिफारिशको आधारमा प्रेस प्रतिनिधि प्रमाणपत्र र पत्रकार परिचयपत्र वितरण गर्ने । प्रेस सम्मेलन आयोजना गर्ने । प्रेस सर्म्पर्क अधिकृतको काम गर्ने । प्रेस शाखाले उपलव्ध गराउने सेवाहरू -क) पत्रपत्रिका अस्थायी दर्ताको लागि सिफारिश…read more



