फोटो शाखाका कार्यहरु
फोटो शाखा
१) महत्वपूर्ण पदाधिकारी समुपस्थित कार्यक्रमको फोटो खिच्ने, विभिन्न संघ-संस्था, व्यक्तिको अनुरोध अनुसार फोटो उपलब्ध गराउने, Digital Photo इन्टरनेट/इमेलमार्फ् वितरण गर्ने ।२) फोटो प्रदर्शन गर्ने ।३) विभागबाट प्रकाशित हुने सामग्रीका लागि आवश्यक तस्वीरको व्यवस्था गर्ने ।४) फोटो शाखाबाट खिचिएका फोटोहरू विभागको website www.doinepal.gov.np मा राख्ने ।५) नेपाल भ्रमणमा आउने मित्रराष्ट्रका प्रमुखहरुको औपचारिक कार्यक्रमको फोटोग्राफी गर्ने एवं एल्बम उपहार दिने ।६) विभागवाट खिचिएका तस्वीरहरूको नेगेटिभ, फोटो र डिजिटल प्रविधिमा अभिलेख राख्ने ।७) नेपाल सम्बन्धी विविध प्रकारका फोटोहरू संकलन गरी फोटो ब्याङ्कका रूपमा विकास गर्ने ।
फोटोशाखाले उपलब्ध गराउने सेवा
(फोटो शाखाबाट खिचिएका फोटोहरु वेबमा राख्ने र उपलब्ध गराउने)
१) सर्म्पर्क गर्नुपर्ने शाखा - फोटो शाखा२) सर्म्पर्क गर्नुपर्ने व्यक्तिः - छविकार३) पेश गर्नुपर्ने कागजात र प्रक्रिया - व्यक्ति वा संस्थाको अनुरोधपत्र वा निवेदन ।४) लाग्ने दस्तूर - विभागबाट छपाई हुनेमा निःशुल्क र अन्यत्र छपाई हुनेमा लाग्ने ।५) लाग्ने समयः- विभागमा छपाई हुनेमा सोही दिन६) जिम्मेवार व्ययिक्त - छविकार ।७) गुनासो सुन्ने अधिकारी - वरिष्ठ छविकार ।८) गुनासो छानविन गर्ने अधिकारी - महानिर्देशक ।
हाल कार्यरत कर्मचारीहरु
१. श्री शालिकराम कोइराला - छविकार
२ . श्री प्रवीण श्रेष्ठ -छविकार
३. श्री राम कृष्ण महर्जन - सहायक छविकार
४ . श्री केदार नापित - अ. ब. मे.



