Administration and Planning Section / योजना तथा प्रशासन शाखा
१)    विभागमा कार्यरत कर्मचारीहरूको अभिलेख अध्यावधिक राख्ने,
२)    कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने ।
३)    कार्यालयको सुरक्षा, पालोपहरा, सरसफाई, शौचालय, बागबगैंचाको व्यबस्थापन गर्ने ।
४)    कार्यालयको भौतिक सामग्रीहरूको संरक्षण तथा सर्म्वर्द्धन गर्ने ।
५)    जिन्सी सामग्री खरीद,  आम्दानी तथा लिलाम विक्री  सम्बन्धी कार्य गर्ने ।
६)    विभागको आवधिक तथा वाषिर्क कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन एवं प्रतिवेदन तयार गर्ने  ।


    सूचना विभागको दैनिक प्रशासनिक कार्य महानिर्देशकको नेतृत्वमा सञ्चालन हुने गर्दछ । महानिर्देशक विभागको प्रशासनिक, आर्थिक लगायत अन्य सम्पूर्ण कार्यहरूको जिम्मेवारी वहन गर्दै आफनो कामकर्तव्यका सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालयप्रति उत्तरदायी हुनेछन् । विभागका महानिर्देशक र अन्य कर्मचारीहरुले गर्ने कामको कार्य विवरण प्रचलित कानूनमा तोकिएकोमा सोही बमोजिम हुने र सो बाहेकको काम कार्यविवरणमा उल्लेख भए अनुसार हुनेछ ।    

कार्यविधि सम्बन्धी अन्य व्यबस्था

१)    यस विभागले प्रदान गर्ने सेवाहरू समयमै उपलब्ध हुन नसकेमा वा विभागीय कामकारबाहीमा कुनै गुनासो/सुझाव भए गुनासो सुन्ने अधिकारीसँग सर्म्पर्कराख्न सकिनेछ । लिखितरूपमा उजुरीपेटिकामार्फ आउन चाहेमा सोको समेत व्यवस्था छ ।
२)    सेवा पाउनका लागि गरिने सबै किसिमका निवेदनमा नियमानुसार टिकट टाँस गर्नुपर्नेछ ।
३)    सम्बन्धित शाखाको कामको जिम्मेवारी  सम्बन्धित शाखा अधिकृतलाई  तोकिएको छ । यस सम्बन्धमाम राजपत्रअनङ्कति कर्मचारी पनि आफ्नो कामप्रति जिम्मेवार हुनेछन् ।
४)    कार्यविधिअनुसार काम नगर्ने कर्मचारी उपर हुने कारवाही मनासिव माफिकको कारण देखिएका बाहेक कार्यविधि अनुसार काम नगर्ने कर्मचारीलाई सुपरीवेक्षक र अनुगमनकर्ताको सिफारिसमा महानिर्देशकबाट निम्नानुसार कारवाही हुन सक्नेछः
क.    सुधारात्मकः-    मौखिक रुपमा सचेत गराउने, सुध्रिने मौका  दिने आदि ।
ख.    सचेतात्मकः-    सुधारात्मक प्रक्रियावाट  सुधार नभई पुनः त्यस्तोगल्ती दोहोर्‍याएमा लिखित रुपमा सचेत गराउने ।
ग.    दण्डात्मकः-    तीनपटकभन्दा बढी लिखितरुपमा सचेत गराउंदा पनि सुधार  नभएमा निजामती सेवा ऐन तथा नियमावली बमोजिम कारवाही गरिने छ ।    

५)    निर्देशक तथा वरिष्ठ छविकारले आफूलाई तोकिएको शाखाहरुको कामको प्रत्येक महिना अनुगमन गरी महानिर्देशक समक्ष प्रतिवेदन बुझाउनु पर्नेछ ।
६)    विभागको सम्पूर्ण कामको अनुगमन र मूल्याङ्कन महानिर्देशक स्वंयबाट हुनेछ ।

यस शाखाका कर्मचारीहरु 

1.Shyam Chalise Undersecretary

2. Raj Kumar Subedi  Kharidar