प्रकाशन तथा वितरण शाखाका कार्यहरु
१.   समसामयिक विषयका सामग्रीहरू प्रकाशन गरी वितरण गर्ने ।
२.   सम्पादक मण्डलको निर्णयानुसार  लेख रचना संकलन गरी 'नेपाल' द्वैमासिक पत्रिका प्रकाशन तथा वितरण गर्ने ।
३.   छापामाध्यमको अध्ययन गरी ध्यानाकर्षण  गराउनु पर्ने भएमा सम्बन्धित निकायमा पठाउने ।
४.  वाचनालयमा प्राप्त हुने पत्रपत्रिकाहरू व्यवस्थित गर्ने र  र्सवसाधारणले सजिलैसँग सेवा पाउन सक्ने व्यबस्था मिलाउने ।
५.  सार्बजनिक  विदा, तिथिमिति तालीका र तस्वीरहरु सम्बन्धित निकायवाट लिई चैत्र मसान्तसम्ममा क्यालेण्डर तथा डायरी प्रकाशन गरी वितरणको व्यवस्था मिलाउने  ।
६. वेभसाइट अध्यावधिक गर्ने कार्यमा सहयोग गर्ने ।

विभागबाट प्रकाशित सामग्री वितरण

१.    सम्पर्क गर्नुपर्ने शाखा - प्रकाशन तथा वितरण शाखा ।
२.    सम्पर्क गर्नुपर्ने व्यक्ति - शाखा अधिकृत ।
३.    पेश गर्नुपर्ने आवश्यक कागजात- संस्थागत रूपमा सम्बन्धित संस्थाको पत्र र व्यक्तिको हकमा मौखिक अनुरोध वा निवेदन  ।
४.    लाग्ने दस्तुर- निःशुल्क, मूल्य तोकिएकोमा सोही बमोजिम  ।
५.    लाग्ने समय - सोही दिन
६.    जिम्मेवार व्यक्ति - शाखा अधिकृत ।
७.    गुनासो सुन्ने अधिकारी- निर्देशक  ।
८.    गुनासो छानविन गर्ने अधिकारी - महानिर्देशक  |
 
 
कार्यरत कर्मचारीहरु
१. रमेश श्रेष्ठ - शाखा अधिकृत
२. राम विक्रम अधिकारी - नायब सुब्बा