Recent Notice of Department of Information
;"rgf g+ (
स्रचार केन्द्र हेटैडाको भवन निर्माणको लागि आव्हान गरिएको बोलपत्रको सूचना
;"rgf g+ ८
सूचना विभागको आर्थिक वर्ष २०६८÷६९ को प्रथम चौमासिक प्रगति विवरण
;"rgf g+ ७
gofF श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरुको लागि निर्धारण गरिएको न्यूनतम पारिश्रमिक
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मिति : २०६८/०६/२९
विषय : आर्थिक
वर्ष २०६६/६७ सालको पत्रपत्रिका वर्गीकरणको नतिजा ।
श्री सञ्चार केन्द्र,
बिराटनगर । हेटौडा । पोखरा । नेपालगंज । धनगढी
आर्थिक वर्ष २०६६/६७ सालको पत्रपत्रिका वर्गीकरणको नतिजा नेपाल सरकारवाट स्वीकृत भएको भनि यस विभागको
जानकारीको लागि प्रेस काउन्सिल नेपालवाट मिति २०६८।०६।२६ मा वर्गिकरण नतिजा प्राप्त
हुन आएको छ ।
प्रस्तुत वर्गिकरणको आधारमा साविकमा पत्रपत्रिकाहरुलाई भुक्तानी गरिर्दै आएको लोककल्याणकारी
विज्ञापन वापतको मासिक रकम अव उप्रान्त नयां वर्गिकरण अनुसार वितरण गर्नु पर्ने भएकोले
निम्न अनुसार गर्ने भनि निर्णय भएकोले निर्णयानुसार गर्न अनुरोध गरिन्छ ।
· साविकको वर्गिकरणमा रहेको तर हालको वर्गिकरणमा नपरेका पत्रपत्रिकाहरुलाई
२०६८ आश्विन मसान्तसम्मको विज्ञापन रकम भुक्तानी गरी २०६८ कार्तिक देखिको विज्ञापन
रकम भुक्तानी नगर्ने ।
· अपग्रेड भएको वा श्रेणी घटुवा भएका पत्रपत्रिकाहरुलाई २०६८ आश्विन
सम्मको साविक बमोजिमको रकम भुक्तानी गरि २०६८ कार्तिक देखि नयां वर्गिकरण अनुसार रकम
भुक्तानी गर्ने ।
· विशुद्ध रुपमा नयां वर्गिकरणमा परेका पत्रपत्रिकाहरुलाई सूचना
विभागवाट उपलव्ध गराएको लोककल्याणकारी विज्ञापन प्राप्त गरी निर्दिष्ट ढाचांमा विज्ञापन
छपाएको मितिवाट प्राप्त पत्रपत्रिका र विलको आधारमा रकम भुक्तानी गर्ने तर २०६८ कार्तिक
महिना भन्दा अगाडीनै विज्ञापन छपाएको रहेछ भने पनि २०६८ कार्तिक महिनावाट मात्र रकम
भुक्तानी गर्ने व्यवस्था लागू गर्ने ।
· यसरी रकम भुक्तानी गर्दा आयकर प्रयोजनको लागि PAN वा VAT मा करदर्ता रहेकालाई हाल
लाई १.५ प्रतिशत र हाल सम्म पनि आयकर प्रयोजनको लागि PAN वा VAT मा दर्ता नभएकालाई १५ प्रतिशतका
दरले कर कट्टा गरी रकम भुक्तानी गर्ने ।
पुष्कर निरौला
लेखा अधिकृत
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
श्री संचार केन्द्र
बिराटनगर । हेटौडा । पोखरा । नेपालगंज । धनगढी ।
निर्णय M— आ=व=२०६४÷६५ मा पनि वर्गिकरणमा परेको र निरन्तर रुपमा पत्रिका प्रकाशन गरी सूचना विभागले उपलव्ध गराएको लोककल्याणकारी विज्ञापन छपाईमा निरन्तरता दिएको एवं विल भुक्तानीको लागि पनि समयमै माग गरि राखेको पत्रिकाहरुलाई २०६७ फागुन देखिनै विज्ञापन छपाए वापत रकम भुक्तानी गर्ने र विशुद्ध नयां वर्गिकरणमा परेका र स्थगन प्रश्चात पत्रिका प्रकाशित नगर्ने, विज्ञापन नछाप्ने एवं रकम भुक्तानीको लागि पनि दावि समेत नगर्ने पत्रिकाहरुलाई २०६८ आषाढ देखि लोककल्याणकारी विज्ञापन छापेको हकमा मात्र लोककल्याणकारी विज्ञापन छपाए वापतको रकम भुक्तानी गर्ने ।
बोधार्थ M
श्री प्रेस शाखा,
सूचना विभाग ।
उप सचिव लेखा
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
श्री संचार केन्द्र
बिराटनगर । हेटौडा । पोखरा । नेपालगंज । धनगढी ।
निर्णय M— साविकको वर्गिकरणमा पनि रहि हाल यथावत हुन आएका पत्र पत्रिकाहरुलाई सूचना विभागले उपलव्ध गराएको लोककल्याणकारी विज्ञापन छपाईमा निरन्तरता दिएको एवं विल भुक्तानीको लागि पनि समयमै माग गरि राखेको पत्रिकाहरुलाई २०६७ फागुन देखिकै र स्तरवृद्धि भएका पत्रपत्रिकाहरुलाई स्तर वृद्धि भएको महिना २०६८ श्रावण देखि लोक कल्याणकारी विज्ञापन छपाए वापत रकम भुक्तानी गर्ने ।
बोधार्थ M
श्री प्रेस शाखा,
सूचना विभाग ।
उप सचिव लेखा
;"rgf g+=#
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
सूचना
श्रमजीवी पत्रकारहरुको अभिलेख अधावधिक गर्न र प्रेस प्रतिनिधि प्रमाणपत्रलाई अद्यावधिक नियमन गर्न अत्यावश्यक भएकोले आ.व. २०६८/६९ देखि प्रेस प्रतिनिधि प्रमाणपत्र जारी गर्दा एवं नविकरण गर्दा कार्यरत श्रमजीवीहरुको अभिलेखसँग भिडाई मात्र जारी वा नविकरण गरिने भएकोले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवीहरुको स्थायी, अस्थायी, करार, पद, तह, पाउँदै आएका तलवमान आदि समेत उल्लेख गरी विवरण तुरुन्त पठाउनु हुन अनुरोध गरिन्छ ।
छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ एवं श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ ले व्यवस्था गरेको विवरणहरु प्राप्त नभएमा प्रेस प्रतिनिधि प्रमाणपत्र तथा सोको नवीकरण हुन नसक्ने व्यहोरा श्रमजीवी पत्रकार एवं सर्वसाधारणको लागि सूचना जारी गरिएको छ ।
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
प्रथम पटक प्रकाशित मिति (२०६८/३/२९)
यस विभागमा आ.व. २०६८/६९ भरको लागि निम्नानुसारका कार्यहरु गर्न गराउन
देहायका योग्यताका आधार पूरा गरेका ईच्छुक व्यक्ति, फर्म, कम्पनी वा
संस्थाले यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिनभित्र योग्यताका
आधार र प्रमाणहरुको प्रमाणित प्रतिलिपि सहित सार्वजनिक खरिद ऐन, २०६३ तथा
सार्वजनिक खरिद नियमावली, २०६४ को प्रयोजनको लागि सूची दर्ता गर्न विभागको
प्रशासन शाखामा आफूले गर्न चाहेको कार्यको लागि छुट्टाछुट्र्टै निवेदन पेश
गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । आवेदकलाई मौजुदा सूचीमा समावेश
गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस विभागमा निहित रहने छ ।
२. सवारी साधनको पाटपूर्जा र सोको मर्मत तथा सम्भार कार्य ।
३. फर्निचर एवं फर्निसिङ्ग सम्बन्धी सामान आपूर्तिसम्बन्धी कार्य
४. कम्प्युटर, प्रिन्टर, युपिएस, फोटोकपी मेशिन आदि इलेक्ट्रोनिक्स सामान आपूर्ति र मर्मत सम्भार सम्बन्धी कार्य ।
५. कम्प्युटर प्रशिक्षण
६. छपाई सम्बन्धी कार्य ।
७. पिउने पानी (२० लि. जारको आपूर्ति)
८. विज्ञापन एजेन्सी सम्बन्धी कार्य ।
९ परामर्श सेवा सम्बन्धी कार्य ।
१०. पत्रकार आधारभूत तालिम ।
योग्यताका आधारहरुः
(क) सम्बन्धित कार्य गर्न पाउने इजाजत पत्र वा फर्म दर्ता प्रमाणपत्र प्राप्त ।
(ख) आयकर र मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त ।
(ग) आ.व. २०६७/६८ मा कम्तिमा पनि एउटा सार्वजनिक निकायमा कार्य गरेको प्रमाण ।
(घ) पेशागत कसुरमा कुनै सजाय पाए वा नपाएको व्यहोराको लिखित जानकारी ।
सम्वन्धी सूचना
लोक कल्याणकारी विज्ञापनरकम भुक्तानीको लागि हाल लागू गरिएका शर्तहरु निम्न अनुसार रहेको :-
- पत्रिका प्रकाशित भएको मितिले उपत्यकाको हकमा ७ दिन भित्र र उपत्यका वाहिरको हकमा १५ दिन भित्र सूचना विभाग, सम्वन्धित संचार केन्द्र र प्रेस काउन्सिल नेपालमा उपलव्ध गराउनु पर्ने ।
- पत्रिकाहरुले विभागवाट तोकिएको साईजमा र स्थानमा विज्ञापन छाप्नु पर्ने ।
- पत्रिकाको प्रत्येक अंकमा आलो पालो गरी विज्ञापन प्रकाशित गर्नु पर्ने । तर दैनिक पत्रिकाको हकमा महिनामा ८ पटक मात्र लोक कल्याणकारी विज्ञापन छपाए पुग्ने व्यवस्था गरिएको ।
- विज्ञापन रकम भुक्तानीको लागि महिना समाप्त भएको मितिले ७ दिन भित्र विल, निवेदन एवं प्रकाशित विज्ञापनको कटिगं समेत पेश गरी भुक्तानी माग दावि गर्नु पर्ने व्यवस्था ।
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
सम्वन्धी अत्यन्त जरुरी सूचना
१.उपत्यका भित्रवाट प्रकाशित हुने पत्र पत्रिकाहरुले पत्र पत्रिका प्रकाशित भएको मितिले ७ दिन र उपत्यका बाहिरवाट प्रकाशित हुने पत्र पत्रिकाहरुले १५ दिन भित्र अनिवार्य रुपमा सूचना विभाग वा सम्वन्धित संचार केन्द्रमा पत्र पत्रिका बुझाई सक्नु पर्ने छ । सो मिति भन्दा पछि प्राप्त हुन आएका पत्र पत्रिकाहरुको सम्वन्धमा लोक कल्याणकारी विज्ञापनको रकम भुक्तानी हुने छैन ।
२.रकम भुक्तानीका लागि महिना भुक्तान भएको मितिले ७ दिनभित्र निवेदन, वील बिजक सहित भुक्तानी माग दावी गर्नु पर्नेछ । यसरी वील विजक सहित भुक्तानी माग गरेको पत्र विभाग र सम्वन्धित संचार केन्द्रको मूल दर्तामा दर्ता गर्नु पर्ने भएकोले सो मिति भन्दा पछि दर्ता हुन आएका निवेदनहरुको भुक्तानी गर्न वाध्य हुने छैन ।
३.विभागबाट निर्दिष्ट गरिएको आकार र तोकिएको स्थानमा विज्ञापन प्रकाशित नगरेका पत्र पत्रिकाहरुलाई रकम भुक्तानी गरिने छैन ।
४.मिति २०६८/४/१ देखि लोक कल्याणकारी विज्ञापन रकम माग दावी गर्दा सम्वन्धित आन्तरिक राजश्व कार्यालयले उपलव्ध गराएको PAN वा VAT दर्ता नं.अंकित विल विजक अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । प्रथम पटक भुक्तानी लिदां कर दर्ता प्रमाणपत्रको फोटोकपि समेत पेश गर्नु पर्नेछ ।
५.विज्ञापन रकम भुक्तानी गर्दा आयकर ऐन २०५८ अनुसार लाग्ने आयकर कट्टा गरेर मात्र भुक्तानी गरिने छ ।
विस्तृत जानकारीको लागि यस विभाग तथा सम्वन्धित संचार केन्द्रहरुमा संपर्क गर्नु हुन वा सूचना विभागको Web Site : doinepal.gov.np र संचार केन्द्रको Web Site : communicationcenter.gov.np मा हेर्नु हुन अनुरोध छ ।



