Notice of Administration and Planning Section
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
प्रथम पटक प्रकाशित मिति (२०६८/३/२९)
यस विभागमा आ.व. २०६८/६९ भरको लागि निम्नानुसारका कार्यहरु गर्न गराउन देहायका योग्यताका आधार पूरा गरेका ईच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिनभित्र योग्यताका आधार र प्रमाणहरुको प्रमाणित प्रतिलिपि सहित सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को प्रयोजनको लागि सूची दर्ता गर्न विभागको प्रशासन शाखामा आफूले गर्न चाहेको कार्यको लागि छुट्टाछुट्र्टै निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । आवेदकलाई मौजुदा सूचीमा समावेश गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस विभागमा निहित रहने छ ।
१. मसलन्द र कार्यालय सामान आपूर्तिसम्बन्धी कार्य ।
२. सवारी साधनको पाटपूर्जा र सोको मर्मत तथा सम्भार कार्य ।
३. फर्निचर एवं फर्निसिङ्ग सम्बन्धी सामान आपूर्तिसम्बन्धी कार्य
४. कम्प्युटर, प्रिन्टर, युपिएस, फोटोकपी मेशिन आदि इलेक्ट्रोनिक्स सामान आपूर्ति र मर्मत सम्भार सम्बन्धी कार्य ।
५. कम्प्युटर प्रशिक्षण
६. छपाई सम्बन्धी कार्य ।
७. पिउने पानी (२० लि. जारको आपूर्ति)
८. विज्ञापन एजेन्सी सम्बन्धी कार्य ।
९ परामर्श सेवा सम्बन्धी कार्य ।
१०. पत्रकार आधारभूत तालिम ।
योग्यताका आधारहरुः
(क) सम्बन्धित कार्य गर्न पाउने इजाजत पत्र वा फर्म दर्ता प्रमाणपत्र प्राप्त ।
(ख) आयकर र मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त ।
(ग) आ.व. २०६७/६८ मा कम्तिमा पनि एउटा सार्वजनिक निकायमा कार्य गरेको प्रमाण ।
(घ) पेशागत कसुरमा कुनै सजाय पाए वा नपाएको व्यहोराको लिखित जानकारी ।



