Notice of Press Section
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
सञ्चार प्रतिष्ठानहरुका लागि अत्यन्त जरुरी
सूचना
श्रमजीवी पत्रकारहरुको हक, हित,
सुविधा र सुरक्षाको समयोचित व्यवस्था गर्न श्रमजीवी पत्रकार सम्बन्धी ऐनको
दफा ३ को उपदफा (३) बमोजिम सञ्चार प्रतिष्ठानमा कार्यरत रहेका श्रमजीवी
पत्रकार, कर्मचारी वा कामदारको विवरण प्रेस रजिष्ट्रार समक्ष (हाल
महानिर्देशक सूचना विभाग तिलगंगा) पठाउन पटक पटक गोरखापत्रमा सूचना
प्रकाशित भएको र सञ्चार प्रतिष्ठानहरुमा पनि विवरण माग गरी फारम पठाइएको छ
।
श्रमजीवी पत्रकारहरुको अभिलेख अधावधिक गर्न र प्रेस प्रतिनिधि प्रमाणपत्रलाई अद्यावधिक नियमन गर्न अत्यावश्यक भएकोले आ.व. २०६८/६९ देखि प्रेस प्रतिनिधि प्रमाणपत्र जारी गर्दा एवं नविकरण गर्दा कार्यरत श्रमजीवीहरुको अभिलेखसँग भिडाई मात्र जारी वा नविकरण गरिने भएकोले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवीहरुको स्थायी, अस्थायी, करार, पद, तह, पाउँदै आएका तलवमान आदि समेत उल्लेख गरी विवरण तुरुन्त पठाउनु हुन अनुरोध गरिन्छ ।
छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ एवं श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ ले व्यवस्था गरेको विवरणहरु प्राप्त नभएमा प्रेस प्रतिनिधि प्रमाणपत्र तथा सोको नवीकरण हुन नसक्ने व्यहोरा श्रमजीवी पत्रकार एवं सर्वसाधारणको लागि सूचना जारी गरिएको छ ।