वितरण संरक्षण समितिको सूचना
प्रेस काउन्सिल नेपाल
पत्रपत्रिका वितरण सम्परीक्षण समिति
आ.व.२०६७/०६८ को पत्रपत्रिका वितरण सम्परीक्षण आवेदन फर्म भर्ने सूचना
प्रथमपटक प्रकाशित मिति .............
सञ्चारग्राम, तिलगंगा काठमाडौ फोन ः४११२६७८,४११२७९९, फ्याक्स नं.४११२६९४, पो.ब.नं ३०७७
ईमेल :- prescoun_mdf@wlink.com.np वेबसाईट :- http:/ www.presscouncilnepal.org
पत्रपत्रिका वितरण सम्परीक्षण समिति
आ.व.२०६७/०६८ को पत्रपत्रिका वितरण सम्परीक्षण आवेदन फर्म भर्ने सूचना
प्रथमपटक प्रकाशित मिति .............
प्रेस काउन्सिल ऐन, २०४८ को दफा ११ तथा पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड र प्रक्रिया २०६४ (संशोधन २०६६सहित) को अनुसूची–१–८ बमोजिम तथा छापाखाना र प्रकाशन सम्वन्धी नियमावली,२०४९ को दफा ३ बमोजिम पत्रपत्रिकाले प्रकाशनको स्थायी प्रमाण पत्र लिईएका प्रकाशकले आ–आफ्नो प्रकाशनको बिक्री वितरण सम्बन्धी विवरण भरी पत्रिका मूल्यांकन एवं वर्गीकरण प्रयोजनका लागि समितिबाट तोकिएको ढाँचामा फाराम भरी वर्गीकरण प्रक्रियामा समावेश गराउन इच्छुक प्रकाशकले देहायअनुसारको सर्त पूरा गरी फारम भरी काउन्सिलमा दर्ता गराउनु पर्नेछ ।
(क) वर्गीकरण मूल्यांकन प्रक्रियामा समावेश हुने प्रकाशनले २०६७ साउनदेखि २०६८ असार मसान्तसम्म छापाखाना र प्रकाशनसम्बन्धि नियमावली, २०४९ को नियम ७ (२) अनुसार (दैनिक समाचारपत्र ३०० अंक, अर्ध–साप्ताहिक समाचारपत्र ८० अंक, साप्ताहिक समाचारपत्र ४० अंक, पाक्षिक समाचारपत्र २० अंक, मासिक पत्रिका १० अंक र द्धैमासिक एवं त्रैमासिक पत्रिकाले ४ अंक, न्यूनतम) प्रकाशित भएको हाजिर रेकर्ड प्रेस काउन्सिल नेपाल र संचार केन्द्रको अभिलेखमा दर्ता भएको काउन्सिलबाट प्रमाणित गराइ समावेश गर्नुपर्नेछ ।
(ख) प्रेस काउन्सिल नेपालको अभिलेखमा नियमित नभएका प्रकाशनहरुलाई वर्गीकरण मूल्यांकन प्रक्रियामा समावेश गरिनेछैन । आफ्नो प्रकाशन अभिलेख नियमित गराउने दायित्व सम्बन्धित प्रकाशकको हुनेछ।
(ग) वर्गीकरण प्रक्रियामा समावेश हुन चाहने प्रकाशनले आवेदनपत्र साथ राष्ट्रिय तहका लागि रु १,०००।– (एक हजार), क्षेत्रीय तहको लागि रु ५००।– (पाँच सय), स्थानीय तहका लागि रु ३००।– (तीन सय) आवेदन दस्तुर फाराम साथ बुझाउनुपर्नेछ । वर्गीकरण पछि प्रमाणपत्र लिंदा शुल्क बुझाउनुपर्नेछैन । आवेदन दस्तुर नगद वा नेपाल राष्ट्र बैंक, थापाथलीमा रहेको काउन्सिलको खाता नं.बै. अ. ६१०१०५ मा जम्मा हुने गरी बैंक ड्राफ्टबाट पनि पठाउन सकिनेछ ।

(घ) पत्रिका वर्गीकरणको आवेदन फारम बुझाउने समायावधि २०६८ काक्तिक ३० गते सम्म दर्ता भै सक्नु पर्ने छ, त्यसपछि दोब्बर दस्तुर बुझाई थप ७ दिनभित्र काउन्सिलमा दर्ता गराई सक्नुपर्नेछ ।
(ङ) तोकिएको म्याद नाघेर प्राप्त हुन आएको आवेदन फारमलाई वर्गीकरणमा समावेश गरिनेछैन ।
(च) पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड र प्रक्रिया, २०६४ (संशोधन २०६६ सहित) अनुसार महिला, दलित, अपांग,दूर्गम क्षेत्र तथा भाषागत सुविधका लागि प्रकाशित मापदण्ड अनुसार फारममा समावेश गर्नुपर्नेछ ।
(छ) राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहको विभिन्न वर्गमा वर्गीकृत हुन आवश्यक आधारहरु(जस्तै ः– तोकिएको जिल्लाका विभिन्न बिक्रीकेन्द्रबाट बिक्री वितरण भएको प्रमाण, श्रमजीवी ऐन कार्यान्वयन भएको प्रमाणमा पत्रकार एवं अन्य कर्मचारीको तलव खुल्ने नियुक्ति पत्र, कागज खरिदको बील, प्रेसलाई छपाई वापत भुक्तानी गरेको बील आदि)आवेदन फाराम साथ अनिवार्य रुपमा संलग्न गरेको हुनु पर्नेछ ।
विशेष आग्रह

आ.व. २०६७/०६८ मा नियमित प्रकाशित पत्रपत्रिकाको वर्गीकरण गर्दा पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड र प्रक्रिया २०६४ (संशोधन २०६६सहित) बमोजिम मूल्यांकन गरिने हुँदा मापदण्डको अध्ययन गरी वर्गीकरण फारम भर्न सम्बन्धित प्रकाशकलाई अनुरोध गरिएको छ । मापदण्डका सन्दर्भमा केही नबुझिने वा स्पष्ट नभएमा प्रेस काउन्सिल सचिवालयमा सम्र्पक राख्न समेत अनुरोध गरिन्छ ।
(नोट :- वितरण सम्परीक्षण फारम र परिमार्जित पत्रपत्रिका वर्गीकरण मापदण्ड काउन्सिलको वेबसाईट
www.presscouncilnepal.org बाट
download गर्न सकिनेछ । आवेदन फारम प्रेस काउन्सिलसचिवालयबाट पनि तोकिएको शुल्क बुझाई प्राप्त गर्न सकिनेछ ।)
सञ्चारग्राम, तिलगंगा काठमाडौ फोन ः४११२६७८,४११२७९९, फ्याक्स नं.४११२६९४, पो.ब.नं ३०७७
ईमेल :- prescoun_mdf@wlink.com.np वेबसाईट :- http:/ www.presscouncilnepal.org
प्रेस काउन्सिल नेपाल
वितरण संरक्षण समितिको सूचना
वितरण संरक्षण समितिको सूचना
आ.व.२०६६/०६७ को अवधिमा वर्गीकरण प्रयोजनको निम्ति राष्ट्रिय, क्षेत्रीय र स्थानिय तहमा वर्गीकृत हुने गरी फाराम भरेका केही पत्रपत्रिकाहरुले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड २०६४ (परिमार्जित २०६६) को बुंदा १,२ र ३ बमोजिम विभिन्न तह र वर्गमा बर्गीकृत हुन आवश्यक आधार, प्रमाणहरु (जस्तैः तोकिएको संख्याका जिल्लाका सदरमुकामस्थित बिक्रिकेन्द्रवाट विक्रिवितरण भएको प्रमाण, श्रमजीवि ऐन कार्यान्वयनको प्रमाण, कागज खरीद गरेको बील, प्रेसलाई भुक्तानी गरेको बील आदि) फारामसाथ संलग्न गर्नु पर्नेमा सो गरेको नपाईएकोले बर्गीकरण कार्यमा वाधा पर्न गएको हुंदा वर्गीकरण हुन चाहेका पत्रपत्रिकाहरुले सूचना प्रकाशित भएको मितिले १० (दश) दिन भित्र वितरण दावी पुष्टि हुने आधार प्रमाणहरु प्रेस काउन्सिल सचिवालय सञ्चारग्राम तीलगंगा, काठमाण्डौंमा र मोफसलवाट प्रकाशित हुने पत्रपत्रिकाहरुले सम्वन्धीत सञ्चार केन्द्रमा बुझाउन हुन सम्वन्धीत सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सचिव
वितरण संपरीक्षण समिति