लोक कल्याणकारी विज्ञापन सम्वन्धमा

प्रेस काउन्सिल नेपालवाट वर्गिकरणमा परेका पत्र पत्रिकाहरुलाई नेपाल सरकारवाट तोकिएको दरमा लोक कल्याणकारी विज्ञापन प्रकाशन वापतको रकम वितरण गर्दै आएको सर्व विदित छ । नेपाल सरकारले यसरी भुक्तानी गरिने रकम अर्थ मन्त्रालयको बजेट शिर्षक सामाजिक सेवा शर्शत अनुदान शिर्षकमा व्यवस्था गरि भुक्तानी गर्ने गरिएकोछ । यस  अनुसार यसरी प्राप्त गरिने रकम निर्शत अनुदान नभई शशर्त अनुदान वापतको भुक्तानी हो । शशर्त अनुदान रकम भुक्तानी गर्दा भुक्तानी प्राप्त गर्ने र दिने दुवैले अपनाएको शर्तहरु पालना गर्नु कानूनी वाध्यता हुन्छ ।

लोक कल्याणकारी विज्ञापन रकम भुक्तानी को लागि हाल लागू गरिएका शर्तहरु निम्न अनुसार रहेका छन्

पत्रिका प्रकाशित भएको मितिले उपत्यकाको हकमा ७ दिन भित्र र उपत्यका वाहिरको हकमा १५ दिन भित्र सूचना विभाग, सम्वन्धित संचार केन्द्र र प्रेस काउन्सिल नेपालमा उपलव्ध गराउनु पर्ने ।

पत्रिकाहरुले विभागवाट तोकिएको साईजमा र स्थानमा विज्ञापन छाप्नु पर्ने ।

तोकिएका साईजहरु :-

क दैनिक पत्रिकाको हकमा पहिलो आवरण पृष्ठको माथिपट्टिको कुनामा छोटा सन्देशहरु   (Ear Panel) मा आलो पालो गरी हप्तामा एक पटक र लामो विज्ञापन आलो पालो गरी हप्तामा एक पटक प्रकाशन गर्नु पर्ने । महिनामा कम्तीमा आठ पटक प्रकाशित हुनुपर्ने ।
ख अर्ध साप्ताहिक र साप्ताहिक पत्रिकाको हकमा दुई कोलममा 10X10   सी.एम.साईजमा फरक फरक आलो पालो गरी पूरा पृष्ठमा छाप्नु पर्नेछ ।
ग पाक्षिक, मासिक वा सो भन्दा बढी अवधिमा प्रकाशन भएका पत्रिकाहरुले सन्देशहरु फरक फरक आलो पालो गरी पूरा पृष्ठमा छाप्नु पर्नेछ ।

विज्ञापन रकम भुक्तानीको लागि महिना समाप्त भएको मितिले ७ दिन भित्र विल, निवेदन एवं प्रकाशित विज्ञापनको कटिगं समेत पेश गरी भुक्तानी माग दावि गर्नु पर्ने ।

आयकर प्रयोजनको लागि दर्तावाला सवै पत्र पत्रिकाहरु अनिवार्य रुपमा सम्वन्धित क्षेत्रको आन्तरिक राजश्व कार्यालयमा दर्ता हुनु पर्ने,

लोक कल्याण्कारी विज्ञापन बापतको रकम दावि गर्दा प्यान वा भ्याट नं. अंकित वील÷ईन्भ्वाईस जारी गर्नु पर्ने,

विज्ञापन वापतको रकम भुक्तानी गर्दा आयकर ऐन २०५८ को दफा ८८ अनुसार मू.अ.कर मा दर्त भएका संचार प्रतिष्ठानहरु भए भुक्तानी रकमको १.५ प्रतिशत अग्रिम आयकर कट्टा गरेर र मू.अ.कर मा दर्ता नभएको संचार प्रतिष्ठानहरु भए भुक्तानी रकमको १५ प्रतिशतले अग्रिम आयकर कट्टा गरेर मात्र रकम भुक्तानी गर्ने ।

यस सम्वन्धि वृस्तित सूचना यस विभागले मिति २०६७ साल श्रावण ४ गतेको दैनिक गोरखापत्रमा प्रकाशित गरेको व्यहोरा पनि सम्वन्धित सवैको जानकारीको लागि सूचना विभाग अनुरोध गर्दछ । 

२०६५ माघ देखि विज्ञापनको दर रेट निम्न अनुसार कायम गरिएको छ ।

किसिम

क वर्ग

ख वर्ग

ग वर्ग

घ वर्ग

दैनिक

२४५००

१९२५०

१५७५०

१०५००

साप्ताहिक   

२१०००

१५७५०

१०५००

५२५०

अर्ध साप्ताहिक

२४५००

१९२५०

१५७५०

१०५००

पाक्षिक

१४०००

१०५००

७०००

३५००

मासिक

१४०००

१०५००

७०००

३५००